आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शोएब मलिकपछि अर्का पाकिस्तानी क्रिकेटर पनि भारतका ज्वाईं बन्दै

  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६



  • एजेन्सी । पाकिस्तानी क्रिकेटर शोएब मलिकपछि अब अर्का बलर पनि भारतका ज्वाईं बन्ने भएका छन्। पाकिस्तानी क्रिकेटर हसन अलीले भारतीय युवतीसँग विवाह गर्ने पक्का भएको छ। हसनले भारतको हरियाणा राज्यको नूंह जिल्ला निवासी शामिया आरजूसँग विवाह गर्न लागेका भारतीय संचार माध्यमले जनाएका छन्।

    समाचारका अनुसार अगस्टको तेश्रो साता दुबईमा पारिवारिक उपस्थितिकामाझ दुबैले विवाह गर्नेछन्। हसन अलीले पनि भारतीय युवतीसँग विवाह हुन लागेको स्वीकार गरेका छन्।

    यो विवाह पारिवारिक सम्बन्धका आधारमा तय भएको बताइएको छ। शामियाका बाबु लियाकत अलिका हजुरबुवा र पाकिस्तान रेलवेका अध्यक्षसमेत रहेका सरदार तुफेल दाजुभाइ थिए। भारत–पाकिस्तान विभाजनपछि तुफेल पाकिस्तान गए भने लियाकतका हजुरबावा भारतमै बसे। तुफेलकै पहलमा हसन र शामियाको विवाह पक्का भएको हो। शामिया एक फ्लाईट इन्जिनियर हुन्।

    यसअघि पनि पाकिस्तानी क्रिकेटर शोएब मल्लिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग र आफ्नो समयका चर्चित ब्याटसम्यान मोहसिन खानले बलिउड अभिनेत्री रिना रोयसँग विवाह गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij