आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्लोबल टी–२०ः सोमपाल बिना खेलेको विन्निपेग हक्स पराजित

  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६



  • एजेन्सी । क्यानाडामा जारी ग्लोबल टी–२० अन्तर्गत आफ्नो चौथो खेलमा विन्निपेग हक्स पराजित भएको छ । गएराती भएको खेलमा हक्स ब्रामपटन वुल्भ्ससँग ७ विकेटले पराजित भएको हो । हक्सले दिएको ११७ रन्को लक्ष्य पछाएको वोल्भ्सले १४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    वोल्भ्सका लागि कप्तान कोलिन म्रुनोले ३१ बलमा ५३ रन बनाएका थिए भने बबर हायातले अविजित ३७ रन बनाएका थिए । त्यस्तै लेंडी साइमन्सले २२ रन बनाएका थिए । हक्सका बलर मोहमद इरफानले २ विकेट लिए भने वरुण सेहदेभले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हक्सले १८.५ ओभरमा अल आउट हुदै मात्र ११६ रन बनाएको थियो । हक्सका लागि शैमान अनवरले सर्वाधिक ३१, कलीम सानाले २७ र सन्नी सोहेलले १६ रन बनाए । हक्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    वोल्भ्सका बलर रोहन मुस्तफा, इश सोढ़ी, शाहिद अफ्रिदी र जाहुर खानले २–२ विकेट लिएका थिए । यस खेलमा पहिलो पटक अन्तर्राष्ट्रिय फ़्रेन्चाइजी टी–२० लिगमा छनौट भएका नेपाली तिब्र गतिका बलर सोमपाल कामी प्लेइङ इलेभेनमा परेनन् ।

    प्रतियोगितामा हक्सको चौथो खेलमा यो दोस्रो हार हो भने वुल्भ्सको यो लगातार तेस्रो जित हो । वुल्भ्स ३ खेलमा ६ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । यस्तै हक्स ४ खेलमा ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij