आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पानी परेर होइन यो रोचक कारणले रोकियो भारत–वेष्ट इण्डिजको खेल

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • काठमाडौं। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा आइतबार भारत र वेष्ट इण्डिजबीचको खेल बीचमै रोकियो । खेल रोकिँदासम्म बलियो स्थितिमा रहेको भारतले डकवर्थ लुइस विधिबाट खेल जित्यो । १६७ रनको लक्ष्य पच्छ्याएको वेष्ट इण्डिजले १५.३ ओभरमा ९८ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

    त्यतिबेला पानी परेको थिएन । न त मैदान वा पिच नै चिसो थियो । यसका बावजुद अम्पायर र खेलाडीलाई मैदानबाहिर जान भनियो । खासमा फ्लोरिडामा अक्सर जब आकाशीय बिजुली चम्किन्छ सबैलाई घरभित्र या कुनै छतमुनि जान भनिन्छ । यही यो खेलमा पनि भयो र सबैले मैदान छाडेर जानुपर्यो । यस क्षेत्रको लागि प्रशासन र मौसम विभागले आकाशीय बिजुली चम्किँदा कुनै छतमुनि लुक्न र उचाइमा नबस्न निर्देशन जारी गरेको छ । रिपोर्टका अनुसार यहाँ चट्याङका कारण धेरैको ज्यान गइसकेको छ जसका कारण प्रशानले कडाइ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij