आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल आयो ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । हिजो बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ। एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने खनालले बताए । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो।

    ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा भएको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, “प्रिन्टरले नियमित रुपमा काम गर्न शुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ।” सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो।

    तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

    विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ। सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन्। सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij