आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा ठूलो छलाङ मारेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियको ब्याटिङ बरियतामा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी, वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल जता हस्तीलाई समेत पछि पारेका छन् । यो पारसको मात्र नभइ अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीले पाएको अहिलेसम्मको ठूलो उपलब्धी हो ।

    टि–२० को ब्याटिङ बरियतामा पारस ६६ औं स्थानमा छन् । महेन्द्र सिंह धोनी ६७, क्रिस गेल ७३ औं स्थानमा छन् । यो कुनै पनि नेपाली ब्याट्म्यानको अहिलेसम्मको सबैभन्दा माथिल्लो बरियता हो । ब्याटिङतर्फ टप १०० मा पारसबाहेक अन्य नेपाली ब्याट्सम्यान भने परेका छैनन् ।

    टि–२० अलराउण्डरतर्फ पनि पारसले करिअरकै उच्च स्थान पाएका छन् । अलराउण्डरतर्फ उनी २६ औं स्थानमा छन् । अलराउण्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । अन्य नेपाली खेलाडीले टप १०० मा स्थान बनाउन सकेनन् । अलराउण्डरतर्फ पारसले भारतका हार्दिक पण्ड्या, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका आन्द्रे रसेल, इङ्ल्यान्डका बेन स्टोक्सजस्ता नाम चलेका अलराउण्डरलाई पछि पारेका छन् । बलिङको वरियतामा वसन्त रेग्मी सोमपाल क्रमशः ७१ औं र ७८ औँ स्थानमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij