प्रकाशित मिति : शनिबार, साउन २५, २०७६
हाल भारत वेस्ट इण्डिज भ्रमणमा रहेको छ।
उनीहरूबिच तीनै प्रारूपको सिरिज हुनेछ। यसमा भारतले टि-२० सिरिजमा क्लिन स्विप गरिसकेको छ भने बिहिबारबाट सुरू भएको ३ खेलको वान डे सिरिजको पहिलो खेल भने वर्षाका कारण स्थगीत भयो।
खेल जम्मा १३ ओभरमात्र चल्न सक्यो।
भारतले बितेका १३ वर्षमा वेस्ट इण्डिजसँग कुनै पनि वान डे सिरिज हारेको छैन। यी १३ वर्षमा भारतले इण्डिजविरूद्धका ८ सिरिज नै आफ्नो पक्षमा पारेको छ।
वेस्ट इण्डिजले भारतलाई अन्तिमपटक सन् २००६ मा सिरिज हराएको थियो।
त्यस्तै दुबै टोलीबिच बितेका ४४ वर्षमा १९ सिरिज भएका छण् जस्मा भारतले ११ तथा वेस्ट इण्डिजले ८ सिरिजमा जित हासिल गरेको छ।
भारतले सन् १९९४-९५ मा पहिलोपटक अजरूद्धिनको कप्तानीमा वेस्ट इण्डिजविरूद्धको पहिलो सिरिज जितेको थियो। त्यसअघि खेलिएका ५ सिरिज भने वेस्ट इण्डिजले जितेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij