सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

शिबपुरी गाउँपालीका नुवाकोट र काठमाडौ सम्पर्कसमीतीको भेला सम्पन्न video

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • सागर ओली, काठमाडौं । राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल नाराका साथ शिवपुरी गाउँ पालीका नुवाकोट र काठमाडौ सम्पर्क समितिको भेला नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा सनिबार सम्पन्न भएको छ ।

    नेपाली काङ्ग्रेस नुवाकोटका सचिव शिव दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सम्मानित विद्वान ब्यक्तित्व पुर्ब अर्थ मन्त्री डाक्टर राम शरण महत हुनुहुन्थ्यो भने बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रभावसाली नेता पुर्ब मन्त्री अर्जुन नर्सिङ के सी हुनुहुन्थ्यो ।

    कार्यक्रमका प्रमुख अतिथि डा महतले भन्नुभयो म अर्थ मन्त्री हुँदा टोखा झोर सडकमा ५० करोडको बजेट बिनियोजन गराएर नुवाकोट जोड्ने बाटोमा हालेको हुँ कम्युनिस्टको राज शुरुआत हुने बित्तिकै त्यो बाटोको काम बन्द भो अब कस्लाई भन्ने एकलौटी दबदबा छ ।

    यिनिहरुले सुरुवात गराएको काम बन्द गराएकोले जन्ताले दुख पाएका छन् । पटकपटक नुवाकोटका पार्टी सभापतिको नेतृत्वमा यातायात मन्त्रीलाई ध्यानाकर्षण गराउने काम भएको छ तर गर्छु भन्ने टार्ने काम मात्रै भएको डाक्टर महतले बताउनुभयो । जस्तो सुकै हालतमा पनि पार्टीको एकताको आबस्यता रहेकोे उहाँको धारणा छ ।

    त्यसैगरी अर्को नेपाली काङ्ग्रेसका प्रभाबशाली नेता कार्यक्रमका विशिष्ट अतिथि अर्जुन नर्सिङ के सी ले नेपाली काङ्ग्रेस पार्टी हालको चुनौतीपूर्ण अबस्था जस्तो गरि संचालनमा आउनुपर्ने थियो, त्यो हुन नसकेको र जस्तोसुकै अबस्थामा पनि पार्टी भित्रको एकता नै अहिलेको आबस्यकता हो यश तर्फ नेतृत्वको ध्यान जान जरुरी छ, समय अनुसारको भुमिका यदी पार्टी नेतृत्वको भएको भए अहिलेसम्म यहाँ धेरै परीबर्तन देख्न सकिन्थ्यो, त्यो हुन नसक्नु नै ठुलो कमजोरी हो । सबैभन्दा पहिलो कुरा पार्टी एकता हो उहाँले भन्नुभयो ।

    त्यसैगरी अर्का नेता नेपाली काङ्ग्रेसका नुवाकोटका पार्टी सभापती कार्यक्रमका अतिथि जगदिश्वर नर्सिङ के सी ले नुवाकोटबाट काठमाडौ आएर बस्ने साथीहरूलाई समेट्न नसक्दा अहिलेको चुनावमा हार बेहोर्नु परेको हो, अहिलेसम्म ९ वटा गाउँ पालीकाको सम्पर्क समिति गठन भै सकेको उहाँले बताउनुभयो । नेपालको ईतिहासमा सबैभन्दा कमजोर निरीह अबस्था छ,त्यसैले पार्टीलाई शक्तिशाली बनाउने तर्फ लाग्नु पर्ने उहाँको भनाइ रहेकोे छ ।

    त्यसैगरी शिबपुरी गाउँ पालीकाका अध्यक्ष राम कृष्ण थापा,नेपाली काङ्ग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियोे । मुकुन्द पाण्डेको संयोजकत्वमा शिबपुरी काठमाडौ सम्पर्क समितिको गठन भयो । कार्यक्रमको सहजीकरण रबिन थपलियाले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology