आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज प्रिमियर लिगको नयाँ सिजनको ठूलो भिडन्त, २ उपाधि दावेदार टिम भिड्दै

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं। इंग्लिस प्रिमियर लिग (इपीएल) को नयाँ सिजन शनिबार राति लिभरपुल र नर्विच सिटीबीचको खेलसँगै शुरु भइसकेको छ । प्रिमियर लिगको पहिलो चरणका ७ खेल सकि सकेका छन् ।

    आइतबार प्रिमियर लिगको पहिलो चरणमै दुई ठूला क्लब आमने सामने हुँदैछन् । यी दुई टोलीलाई यो नयाँ सिजनको प्रिमियर लिग उपाधि दाबेदार टोलीका रुपमा हेर्न थालिएको छ । फुटबल विश्लेषकहरुले दुई ठूला टोलीको शुरुवातमै खेल्नु पर्दा खासै मजा भने नआउने भन्दै विश्लेषण गर्दै आएका छन् ।

    युनाइटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति सबा ९ बजे युनाइटेडको होम ग्राउण्ड ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड आफ्नो होम ग्राउण्डमा चेल्सीलाई कमजोर साबित गर्ने लक्ष्यमा रहेको छ । यद्यपि युनाइटेडका स्टार खेलाडी पाउल पोग्वा ‘ब्याक पेन’ र एलेक्स सान्चेजको खुट्टाको गोली गाँठोमा चोट लागेपछि आइतबारको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने स्पष्ट भइसकेको छैन ।

    तर, आइतबारको खेलमार्फत यो सिजनबाट युनाइटेडसँग किर्तिमानी मूल्यमा क्लब भित्रीएका ह्यारी मागुइरीले भने डेब्यु गर्नेछन् ।

    यता, चेल्सी पनि आफ्नो पहिलो खेलमा जीत हात पार्दै उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको छ । चेल्सीका पनि एनगोलो कान्टेको घुँडामा चोट लागेका कारण उनी युनाइटेडविरुद्धको खेलमा मैदान उत्रिन्छन् वा उत्रिदैनन् भन्ने आधिकारीक समाचार आउन सकेको छैन् भने रुवेन लुफ्टुस चेक, एन्टोइनो रुडिगर र कलुम ह्युडोसन ओडि अहिलेसम्म टिम बाहिर नै रहेका छन् ।

    युनाइटेडले प्रिमियर लिगको इतिहासमै सन् १९५८ पछि लिगमा आफ्नो पहिलो खेल चेल्सीसँग, त्यो पनि घरेलु मैदानमै आयोजना गरेको यो पहिलो पटक हो । युनाइटेडले प्रिमियर लिगका पछिल्लो १३ खेलमा खेल खेल बराबरी र ५ खेलमा हार व्यहोरेको छ ।

    तर, घरेलु मैदानमा भएका ६ खेलमा भने युनाइटेडले १ पनि हार व्यहोरेको छैन । जहाँ उसले ६ मध्ये २ खेलमा जीत हात पर्दा ४ खेल बराबरी खेलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij