आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उहाँहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ ।

    सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताउनुभयो ।

    सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।”

    समितिका अध्यक्ष महाप्रसाद पराजुलीले काठमाडौँ उपत्यका भित्र छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर जाने लामो दुरीको यातायातमा भने छुट र आरक्षण सिट कार्यान्वयन नै नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले कार्यालयले नियमित अनुगमन गर्दा कार्यान्वयन भए पनि अहिले अनुगमन पातलो हुँदा छैन ।”

    संस्थाका उपाध्यक्ष सीताराम ढकालले संस्थाले विसं २०६७ देखि नै नियमित रुपमा सरकारलाई ज्येष्ठ नागरिकलाई दिनुपर्ने सुविधाका विषयमा घचघच्याइरहेको बताउनुभयो । विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलाले पहिले यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विभागको भए पनि अहिले प्रदेश सरकारको भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij