प्रकाशित मिति : सोमवार, साउन २७, २०७६
काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
आज (सोमबार) बिहानैबाट काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा भक्तजनको घुइँचो लागिरहेको छ ।
साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्ने परम्परा रहँदै आएको छ ।
साउने सोमबार दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। त्रेतायुगमा माता पार्वतीले साउन महिनामा सोमबारको ब्रत बसेर भगवान शिवलाई वरको रुपमा प्राप्त गरेको शिवपुराणमा उल्लेख छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij