आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोमपालले आउट गरेका थिए विष्फोटक ब्याट्सम्यान, त्यही जितपछि फाइनल पुगेको थियो हक्स

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • काठमाडौं। ग्लोबल टि–२० लिगको उपाधि विनिपेग हक्सले जितेको छ । नेपाली खेलाडी सोमपाल कामी आबद्ध यो टिमले उपाधि जित्दा एकतर्फ नेपाली फ्यान खुसी छन् भने अर्कोतर्फ सोमपालले भने खेल्न नपाएकोमा दुखी पनि छन् । सोमपालले यो पूरै लिगमा एक खेलमा मात्र प्लेइङ ११ मा खेल्न पाए । उनको त्यही खेलको प्रदर्शन पनि निराशाजनक रह्यो ।

    सोमपालले अगष्ट ३ मा भएको एडमन्टन रोयल्सविरुद्धको एक खेलमा मात्र प्लेइङ ११ मा परेर खेल्ने मौका पाएका थिए । यो खेलमा सोमपालको बलिङले लय समाउन नसक्दा उनले मात्रै २ ओभर बलिङ गर्न पाए । त्यही २ ओभरमा पनि उनले ३३ रन दिँदै १६.५ को इकोनोमीमा निकै महंगा सावित भए । अलराउण्डरको पहिचान बनाएका उनले ब्याटिङमा पनि ५ बलमा मात्रै १ रन बनाउँदै फ्यानलाई निराश पारे । त्यसपछि उनी कुनै पनि खेलमा प्लेइङ ११ मा परेनन् ।

    त्यसपछिका खेलमा सोमपाल प्लेइङ ११ मा नपरेपछि नेपाली फ्यानले खेलप्रति खासै चासो दिएनन् । तर, धेरै नेपाली फ्यानलाई थाहा नहुन सक्छ विनिपेग हक्सलाई फाइनल पुर्याउन सोमपालले निकै महत्वपूर्ण योगदान दिएका थिए । ब्राम्पटन वुल्भसविरुद्ध दोस्रो क्वालिफायरको खेलमा सोमपाल १२ औं खेलाडीको रुपमा मैदान छिरेका थिए । यसरी सब्स्टिच्युटको रुपमा जाने खेलाडीले फिल्डिङ मात्र गर्न पाउँछन् । सब्स्टिच्युटको रुपमा मैदान छिरेका सोमपालले वुल्भसका निकै खतरनाक ब्याट्सम्यानलाई आउट गर्न क्याच लिएका थिए ।

    वुल्भसका पाकिस्तानी विष्फोटक ब्याट्सम्यान शाहिद आफ्रिदीको क्याच सोमपालले नै लिएका थिए । क्याट आउट हुनु ठिक अघिका २ बलमा आफ्रिदीले लगातार २ छक्का हानेका थिए । उनी १५ बलमै ३२ रन बनाएर क्रिजमा थिए । त्यतिबेला वुल्भसको इनिङको अझै ८ बल बाँकी थियो । यस्तो अवस्थामा पल भान मिकिरनको बलमा आफ्रिदीलाई सोमपालले आउट गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij