शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

राजनीतिक चर्चाको बिषय बनेको नुवाकोटको टोखा छहरे सडक (भिडियो सहित)

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • मधुकर पाण्डे, काठमाडौ, 

     

    पंचायतकालीन अबस्थामा त्रीशुली पावर हाउस निर्माणका लागि बनेको सडक बालाजु राणीपौवा र ककनी भएर नुवाकोट जाने सडकमात्रै थियो ।

    २०४६ सालको परीबर्तन पछि बिकास निर्माणकार्य कार्य तिब्र हुँदै जाने क्रममा नुवाकोटका काङ्ग्रेसका हस्तीहरु डाक्टर रामशरण महत,अर्जुन नर्सिङ के सि र प्रकाश सरण महतहरुको सक्रियतामा गल्छी ,केरुङको बाटोपनि बन्यो ।

     

    बिगत २५ बर्ष पहिले देखि काम सुरुवात भै १६ बर्ष पहिले पिच भै सकेको नुवाकोट,रसुवा र धादिङ तीन जिल्लालाई जोड्ने टोखा, छहरे सडकखण्ड करिबकरिब एक महिना पहिले बन्द अबस्थामा पुगेको थियो । मर्मत नहुँदा जिर्ण हुन् गै, हजारौं यातायातका सवारी साधन चल्ने बाटोको सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा बन्द भएको हो ।

     

    पिच भएको १४ बर्षपछी २०७२ सालमा तत्कालीन अर्थ मन्त्री डाक्टर रामशरण महतले सो बाटोको लागि ५० करोड मर्मतको लागि बिनियोजन गरेको र ठेक्का रफिना कन्ट्रक्सन लिएको जानकारहरु बताउछन, तर अहिलेको यो दुईतीहाइको सरकारले त्यो भैरहेको काम बन्द गराई जन्तालाई दुख दिएको नुवाकोटका पुर्ब पार्टी सभापति ध्रुब अधिकारीले बताउनुभयो ।

     

    यसरी तीन जिल्लाका सर्बसाधारणले दुख पाउने गरि बाटो बिग्रीएर जिर्ण अबस्थामा पुगेपछी असारको २९ गते नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नर्सिङ के सी र नेपाली काङ्ग्रेसका महासमिति सदस्य युबा नेता रमेश कुमार महत सहितको पुरै जिल्ला कार्यसमितिको टोलीले यातायात मन्त्री रघुबिर महासेटलाई डेलिकेसनमा गै बाटोको बारेमा लिखित जानकारी सहित पत्र बुझाएको र मन्त्री महासेट्ले सात दिन भित्रमा आफुले तुरुन्तै अनुगमनगरि सडक मर्मतको लागि सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिएपछि टोली फर्किएको थियो ।

     

    तर सात दिनको आश्वासन दिएका मन्त्रीले २१ दिनसम्म कुनै सडकमा आफ्नो गतिविधि नदेखाएपछि साउनको २० गते टोखाको झोरमा नेपाली काङ्ग्रेस नुवाकोटका पार्टी सभापति जगदीश्वर नर्सिङ के सी र महासमिति सदस्य रमेशकुमार महतसहितका नुवाकोटका जिल्ला कार्यसमितिको टोलिले एकघण्टा बिरोध कार्यक्रमको आयोजना गरेको थियो ।

     

    तर सम्बन्धित निकायले कुनै वास्ता नगर्दा साउन २५ गते नेपाली काङ्ग्रेसका नेता सम्मानित ब्यक्तित्व पुर्ब अर्थमन्त्री रामशरण महत,नेपाली काङ्ग्रेसका सहमहामन्त्री पुर्बमन्त्री प्रकाश सरण महत र केन्द्रिय सदस्य सांसद बहादुर सिङ लामाले संयुक्तरूपमा बाटोको मर्मत कार्यको थालनी गरेका हुन । लामो समयसम्म राज्यको ध्यानाकर्षण नहुँदा जन्ताले दुख पाएपछि आफैंले श्रमदान गरेर भएपनी बाटो मर्मत गर्न लागेको पुर्ब पार्टी सभापति ध्रुब अधिकारीले बताउनुभयो । नुवाकोट जिल्ला नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा टोखा छहरे सडक जहाँ २६ किलोमिटरको दुरी रहेकोे छ जो काठमाडौ बाट रसुवा,नुवाकोट र धादिङ जिल्लालाई जोड्ने मुलसडक हो ।

     

    यो बन्द भएकोले नुवाकोटका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु नुवाकोट जिल्ला नेपाली काङ्ग्रेस बाट निर्बाचित गाउँ पालिका अध्यक्ष ज्युहरु,जिल्ला समन्वय समितिका संयोजक ज्यु,नेपाली काङ्ग्रेसका भातृ संगठनहरु, सबैले श्रमदान गर्दैछन र श्रमदान गर्न चाहने यो बाटोबाट हिड्नु हुने सबैलाई नुवाकोटका पुर्ब पार्टी सभापति अधिकारीले सहभागीताका लागि आग्रह गर्नुभएको छ ।

     

    हालसम्म ३०० टिप्पर ग्राभेल सडकमा हालीएको र अब करिबकरिब ३०० टिप्पर अरु लाग्ने र करिबकरिब मर्मतको लागि २ करोडको हाराहारीमा खर्च हुने शिबपुरी गाउँ पालीका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर तामाङले बताउनुभयो ।

     

    यो मर्मत कार्यमा बिशेष गरि श्रमदानमा खटेका ब्यक्तित्वहरु जिल्ला समन्वय समितिका संयोजक सन्त बहादुर तामाङ नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ध्रुब श्रेष्ठ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत बहादुर तामाङ,नेपाली काङ्ग्रेस क्षेत्रीय सहसभापती अर्जुन न्यौपाने,शिबपुरी गाउँ पालीका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर तामाङ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सचिव राम जि पौडेल र यादव नेपाल रहेका छन ।

     

    त्यसैगरी लिखु गाउँ पालीका का वडाध्यक्ष हरीशरण लामिछाने, लिखु गाउँपालिका नेपाली काङ्ग्रेसका सहसंयोजक बिनोद पाठक र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष उत्तम पाठक रहेका छन् । यसरी सिङ्गो राज्यको धज्जी उडने गरि आमजनताले श्रमदान गर्दा सम्बन्धित निकायले अब के गर्छ हेर्न बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology