शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मिया खलिफाले खुलाइन् पोर्न फिल्मको कमाइ, फ्यानले भने – झुट

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं। पूर्व पोर्नस्टार मिया खलिफाले पोर्न उद्योगबाट हुने कमाइको खुलासा गरेकी छिन् । मियाको दावी छ कि उनले पोर्न फिल्मबाट करिब १२ हजार डलर मात्र कमाएकी थिइन् । एक समयमा मिया पोर्नहबमा सबैभन्दा धेरै खोजि गरिने पोर्नस्टारको सूचीमा दोस्रो स्थानमा थिइन् । मियालाई पोर्न फिल्मका कारण मारिदिने धम्की समेत दिइएको थियो ।

    एक अन्तरवार्तामा मियाले भनिन् ‘मानिसहरु सोच्छन् कि मैले करोडौं कमाएँ । त्यो झुटो हो ।’ मियाका अनुसार जब उनले ५ वर्ष पहिले एडल्ट फिल्म छोड्ने निर्णय गरेपछि उनलाई सामान्य काम खोज्न मुस्किल हुन थाल्यो । उनले एडल्ड इन्डष्ट्री छोडेपछिको समयलाई डरलाग्दो भनेकी छिन् । यद्यपि उनलाई एडल्ट इन्डष्ट्रीमा गएकोमा कुनै पछुतो भने छैन ।

    उता उनका फ्यानले उनले बताएको कमाइ विश्वास गर्न सकिरहेका छैनन् । सामाजिक संजालमा कैयौंले मिया झुट बोलेको आरोप लगाएका छन् । फ्यानको आरोपपछि मियाले सफाइ पनि दिइन् । उनले ट्वीट गरेर भनेकी छिन् कि न त उनलाई करोडौं दिने बाचा गरिएको थियो न त उनले अपेक्षा गरेकी थिइन् । उनले पोर्न इण्डष्ट्रीबारे बाहिर चलेको हल्लालाई स्पष्ट मात्र पारेकी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij