शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

राजनीतिक चर्चाको बिषय बनेको नुवाकोट जोड्ने टोखा छहरे सडकखण्ड मर्मतकार्यमा तिब्रता(भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • मधुकर पाण्डे, काठमाडौ । साउन २९,  नुवाकोट जिल्ला छिर्ने प्रमुख बाटो टोखा- छहरे सडकखण्ड राजनीतिक र कामले तातेको छ ।
    दैनिक हजारौँको संख्यामा गाडी आवतजावत गर्ने बाटो बिगत ३ महिना अघिदेखि जिर्ण हुँदा सरकार र ठेकेदारले कुनै वास्ता नगरेकोले स्थानिय जनताको हरिबिजोग भएको थियो।
    यस्तो दुखकष्टमा पनि नुवाकोटका काङ्ग्रेसका नेताकार्यकर्ताको सक्रियताका कारणले यो समस्याको समाधान हुने अबस्थामा पुगेको छ।
    नुवाकोट जिल्लाका वरिष्ठ नेताहरु पुर्ब अर्थ मन्त्री सम्मानित विद्वान ब्यक्तित्व नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर रामशरण महत,पुर्ब मन्त्री नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महत, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सांसद बहादुर लामा,नेपाली काङ्ग्रेसका नुवाकोट जिल्लाका पुर्ब पार्टी सभापति धुर्ब अधिकारी,नेपाली काङ्ग्रेसका नुवाकोटका युवा नेता अर्जुन न्यौपाने,धुर्ब श्रेष्ठ लगायत गाउँपालिका सिबपुरी लालबहादुर तामाङ,राम कृष्ण थापा लगायत स्थानिय ब्यापारीहरुको संयुक्त प्रयासमा झन्डै २ करोड खर्च गरि जनताको लागि आज पाचौं दिनसम्म पनि अहोरात्र खटेर बाटो अनुगमन गरि मर्मत कार्य धमाधम भैरहेको युवा नेता अर्जुन न्यौपानेले बताउनुभयो ।
    यस कार्यले नुवाकोट लगायत रसुवा जिल्लाबासीमा उत्साह छाएको छ। हिजो नेताहरुलाई गाली गर्नेहरुले आज साच्चिकै काम गर्दो रैछ्न है भन्नथालेको स्थानीय जानकारहरु बताउँछन् ।
    नुवाकोट काङ्ग्रेसको यो कार्यले देशभर राम्रो सन्देश गएको जानकारहरु बताउँछ्न।
    अझैँ यो मर्मतकार्य केहिदिन चल्ने बताईएको छ। यो राम्रो कामको सर्बत्र सबैले स्वागत गरेका छ्न।
    तीन वटा जिल्लालाई जोडने २६ किलोमिटर प्रमुख बाटोमा मर्मतकार्यको लागि ५० करोड बिनियोजन भएको बाटोमा मर्मत कार्य रोकेको आरोप अहिलेको दुई तिहाईको सरकारलाई लागेको छ।
    सरकारले गर्ने काममा एउटा पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताले करिबकरिब २ करोडको मर्मतकार्य गरेको देखिन्छ , यो कुरालाई राज्य चलाउनेहरुले कसरी लिन्छन् हेर्न बाँकी छ ।
    (भिडियो सहित)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology