आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दमौली अस्पतालमा बिरामीको चाप बढ्यो

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन्।

    अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताए । उनका अनुसार अहिले भाइरल ज्वरो र टाइफाइडका दैनिक १५० देखि २०० बिरामी उपचारका लागि आउने गरेका छन् ।

    ज्वरो, झाडाबान्ता, रुघाखोकी, पखाला, श्वासप्रश्वासलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ । उनले भने, “करीब ४० प्रतिशत यस्ता पानीजन्य रोगका बिरामी रहेका छन् ।” अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा. पौडेलले बताए ।

    अस्पतालमा बिरामीको चाप बढेपछि टिकट लिन र चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनका लागि घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था आएको अस्पतालकी नर्सिङ अधिकृत तथा सूचना अधिकारी जमुनादेवी शर्माले जानकारी दिए । अस्पतालमा दीर्घकालीन युरिक एसिड, उच्च रक्तचाप, थाइराइड, सुगर, बाथलगायतका बिरामी पनि पछिल्लो समय उपचारका लागि आउने गरेका छन्।

    अस्पतालमा उपचारमा आउने बिरामीमध्ये अधिकांश स्वास्थ्य बिमा गरेका सर्वसाधारण रहेको सूचना अधिकारी शर्माले बताए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij