आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • परासी । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन्।

    एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए । “यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ, एउटै घरका चार/पाँच जना नै ग्रसित भएको पनि देखिएको छ”, डा. अग्रहरिले भने । उनका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

    ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्ष्ण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा अग्रहरिको सुझाव छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij