आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टेस्ट वरियतामा स्मिथको छलाङ

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६



  • एजेन्सी । आइसीसीको नयाँ टेस्ट वरियतामा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन् । इंग्ल्याण्डविरुद्धको एसेज सिरिजपछि स्मिथले वरियतामा फड्को मारेका हुन् । उनले ९१३ रेटिङ अंक पाएका छन् ।

    यस्तै भारतीय क्रिकेट कप्तान विराट कोहली टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरियताको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरियतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । नयाँ वरियतामा कोहलीले ९२२ रेटिङ अंक प्राप्त गरेका छन् ।

    न्युजिल्याण्डका केन विलियम्सन तेस्रो स्थानमा झरेका छन् । उनले ८८७ रेटिङ अंक पाएका छन् । नयाँ वरियतामा भारतका चेतेश्वर पुजारा चौंथो र हेनरी निकोलस पाँचौ स्थानमा रहेका छन् ।

    टेस्ट क्रिकेटको बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स पहिलो, दक्षिण अफ्रिकाका कागिसो राबडा दोस्रो र इंग्ल्याण्डका जेम्स एण्डरसन तेस्रो स्थानमा रहेका छन् । त्यस्तै चौंथोमा दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे,पाँचौमा भारतका रबिन्द्र जडेजा रहेका छन् । त्यस्तै अलराउण्डरतर्फ वेष्ट इण्डिजका जासन होल्डर शीर्ष स्थानमा रहदा शाकिब अल हसन दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij