आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेस्सी फेरि टिमबाट बाहिरिए!

  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६



  • एजेन्सी । बार्सिलोना स्टार लियोनल मेस्सी पुन टिम बाहिर परेका छन् । आईतबार हुने रियल बेटिसविरुद्वको खेल अगाडी उनी टिम बाहिर परेका हुन् । उनी टिमको अन्तिम अभ्यास सत्रमा समेत सहभागी भएनन् ।

    मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान फर्कने तयारीमा छन् । कोपा अमेरिकामा सहभागी भएका मेस्सीले प्रि–सिजनका अधिकांश खेल गुमाएका थिए । लगत्तै अभ्यास सत्रमा फर्किएका उनले चोट बोकेका थिए । सोही कारण उनले एथ्लेटिको क्लबविरुद्वको लिगको पहिलो खेल गुमाएका थिए ।

    अन्तिम समयमा गोल खाएपछि सो खेलमा लिग च्याम्पियन बार्सिलोना एथ्लेटिको क्लबसंग १–० ले पराजित भएको थियो । लुईस स्वारेज र उसमान डेम्बेलेले चोट बोकेपछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् ।

    उनी शनिबारको पुरै अभ्यासमा समेत सहभागी भएनन् । सोही कारण उनी बेटिसविरुद्वको टिममा समेत परेका छैनन् । यसअघि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सीको बिषयमा कुनै खतरा मोल्न नचाहेको भन्दै बेटिसविरुद्वको खेलमा उनी फर्कन सक्ने बताएका थिए ।

    अर्जेन्टिनी स्टार मेस्सी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेल पछि मैदानमा देखिएका छैनन् ।उनको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij