प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६
काठमाडौं। भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ। भारतको कल्याणी रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो।
बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक–एक गोल गरे। बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे। जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ।
तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ। अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ। यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij