शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सिरी ‘ए’मा एसी मिलानको लगातार दोस्रो हार

  • प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६



  • एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो हार बेहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो । सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा तेस्रो हार हो । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।

    टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । लोरेन्जो डि सिल्भेस्ट्रीले फल गरेपछि खेलको १८औं मिनेटमा क्रिजिस्टफ पियाटिकले पेनाल्टीमा गोल गर्दै मिलाई सुरुवाती अग्रता दिलाए ।

    दोस्रो हाफमा मिलान समस्यामा परेको थियो । टोरिनोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा २–१ को अग्रत लिएको थियो । ७३औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल फर्काएका थिए । त्यही गोलमा वैकल्पिक गोलरक्षक पेप रैनाले रेफ्रीसँग अनावश्यक विवावद गरेवपछि रेफ्रीले पेपलाई रातो कार्ड देखाउदै बेन्चबाट बाहिर पठाएको थियो ।

    ७६औं मिनेटमा बेलोटीले गोल गर्दै मिलानलाई २–१ ले अघि बढाए । त्यसपछि गोल हुन नसक्दा टोरिनो विजयी हुन सफल भयो । जितसँगै टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लदा मिलान ५ खेलबाट ६ अंक जोडेर १३औं स्थानमा छ । इन्टर मिलान ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १३ अंक रहेको युभेन्टस दोस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij