प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६
बर्षात ओली दाङ
श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको हत्या भएपछि टुहुरो भएको ७ बर्षिय छोराको जिन्दगी संरक्षण नहुँदा क्याक्टसको फुल जस्तै भएको छ । उनकी आमा माया चौधरीले बुवा बहुदल चौधरी लाई घरेलु- हतियार बन्चरो प्रहार गरि हत्या गरेपछि बालक विशाल टुहुरा भएका हुन । जुन वेलामा बुवा बहुदलको हत्या आमा मायाले गरिन, त्यो बेलामा बिशाल मात्रै ७ बर्षका थिए।
आज भन्दा ८ बर्ष पहिले साबिकको बिजौरी गाउँ बिकास समिति ७ र राज्य पुनःसंरचनापछि तुल्सीपुर उपमहानगरपालिका १८ बकुलाही निवासी बहुदल चौधरीले सधै मादक- पदार्थ सेवन गरि घरमा श्रीमती मायालाई कुटपिट गर्ने दु:ख दिने गरेपछि सहन नसक्ने अबस्थामा पुगेर श्रीमती मायाले घरेलु हतियार बन्चरोले टाउकोमा प्रहार गरेपछि श्रीमान बहुदल चौधरी घटनास्थल मै मृत्यु भएको थियो, र तत्काल ईलाका प्रहरी कार्यालय तुल्सीपुर बाट प्र. नि. मदन कुमार थापाको नेतृत्वमा आएको प्रहरी टोलीले मायालाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धि मुद्दामा अगाडी बढाएको र पछि अदालतले भब्यतब्यमा मुद्दा कायम राखेको ले माया ६ बर्ष जेल सजाय भोगेर जेल मुक्त भईन ।
जेलबाट निस्केको केही दिनमा मायाले दोश्रो बिहे गरिन ।उता बुबाको आमा द्वारा हत्या भएपछि टुहुरा बनेका र आमा बुबाको माया नपाएका छोरा बिशाल मामाघरमा बस्दै आएपनि संरक्षणको कमीका कारण उनले खासै पढ्न सक्ने स्थिति रहेन, कहिले कता कहिले कता आफन्त साथीहरूमा हिड्ने गर्न थाले । त्यहीँ सिलसिलामा तुल्सीपुर उपमहानगरपालिका ४ हलवार निवासी भिनाजु नातापर्ने बहुदल चौधरीले त्यहीँ हलवार गएको बेला गत चैतमा उनलाई मनग्गे रकम लिएर भारतको सिम्ला पहाडभन्ने स्थानमा स्याउ टिप्ने बोक्ने काममा पुर्याएका थिए ।
विभिन्न संघ संस्थामा आबद्ध ब्यक्तित्वहरुले बिशाललाई एकहप्ता पहिले उद्दार गरि ल्याएको र तुल्सीपुर उप नगरपालिकामा जिम्मा लगाएर फर्किएका थिए । तुल्सीपुर उपमहानगरपालिकाले बिशालकि आमा माया र मामा घरकी हजुरआमालाई बोलाएर जिम्मा लगाईएको थियो, अहिले बिशाल मामाको घर तुल्सीपुर १८ बकुलाही गाउँमा छ्न, र पढ्न चाहन्छन ।मामाको परिवार पनि पढाउन चाहन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij