आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिम्बावेसँग भिड्दै नेपाल, हारको बदला लिँदै इतिहास रच्ने अवसर

  • प्रकाशित मिति : मङ्लबार, अशोज १४, २०७६



  • काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

    सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार फेरी जिम्बावेविरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ ।

    जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

    जिम्बावेलाई हराएर नेपाल सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो ।

    सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो ।

    सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

    यता, जिम्बावे पनि नेपाललाई लगातार दोस्रो खेलमा हराउँदै सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । सिंगापुरसँग पराजित भएपछि दबाबमा रहेको जिम्बावे नेपालसँग सो गल्ति दोहर्याउन चाहदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij