शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

(भिडियो सहित )११६ बर्षका पोक्सर ओलीको घरमै पुगी ओली वंश समन्वय समिति दाङद्वारा केही नगदसहित दशै कोसेली प्रदान

  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६



  • निलम ओली , शान्तिनगर दाङ । ओली वंश समन्वय समिति दाङले शुक्रबार शान्तिनगर गाउँपालीका ३ पाण्डे डाँडा निवासी ११६ बर्षका पोक्सर ओलीको घरमा पुगी आशिर्वाद लिनुका साथै केही नगदसहित दशै कोसेली प्रदान गरेको छ ।

     

    ओली वंश समन्वय समिति दाङका कोषाध्यक्ष रेख बहादुर ओली “देउता”,को नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष यसोदा ओली,महासचिव जगदीश ओली,जिल्ला सदस्य कमल ओली, घोराही उपमहानगरपालिका अध्यक्ष बेचन ओली,वडा नम्बर ६ अध्यक्ष खगीराम ओली लगायत टोलीले एक कार्यक्रमको आयोजना गरि केही नगदसहित कोसेली बुझाएको हो । उहाँकै गाउँमा पुगेको टोलीले उहाँको घरमा जस्ता पाता र बत्तीको ब्यबस्थापन मिलाउने फेरि जाने ओली वंश समन्वय समिति दाङले आपसी छलफल पछि त्यही घोषणा गरेर आएको छ ।

     

    ओली वंश समन्वय समितिले उहाँको बारेमा अलिकति छलफल गरेर गिनिज बुकमा नाम लेखाउन पहल गर्ने सोच बनाएको र ओली वंश केन्द्रिय कार्यालय मार्फत पहल गर्ने बताएको छ, सम्भब त ओली बिश्व कै सबैभन्दा बृध्द हुनुहुन्छ तर राज्यले उहाँलाई अरु सरह व्यबहार गरेको छ कम्तीमा बिकटको बसाईमा रहेका त्यस्ता ईतीहासलाई सम्मान र अरु बाँच्न प्रेरणा मिल्ने खालको राहतको प्याकेज ब्यबस्थापन मिलाउन सके अति उत्तम हुने देखिन्छ, समयमा ध्यानाकर्षण गराउन सबैलाई ओली वंश समन्वय समिति दाङका कोषाध्यक्ष रेख बहादुर ओली ” देउता” ले अनुरोध गर्नुभएको छ।

     

    त्यसैगरी ओली वंश समन्वय समितिका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद ओली र ओली वंश अक्षयकोषका अध्यक्ष केशव मणि ओलीले उहाँकोलागी तत्कालै केही ब्यबस्थापन गर्ने बताउनुभएको छ, ओली वंश अक्षयकोषले उहाँलाई एक बर्ष पहिले नगदसहित सम्मान गरिसकेको छ छिटोभन्दा छिटो दशै पछि फ़ेरि केही सहयोग गर्ने कुरा उहाँहरुले जलजलाखबरसंग बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij