आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओसासुनालाई हराउँदै ग्रानाडाले बार्सिलोनालाई उछिन्यो

  • प्रकाशित मिति : शनिबार, कार्तिक २, २०७६



  • काठमाडौँ । ला लिगा सान्ट्यान्डर अन्तर्गत ग्रानडाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ग्रानडाले ओसासुनामाथि १-० को जित हासिल गरेको छ । ग्रानडाको जितमा डोमीनगोस डुअर्टेले खेलको एक मात्र गोल गरेका थिए । खेलमा ओसासुनाका फ्रान मेरिडाले खेलको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए ।

    जितपछि ग्रानडा ९ खेलमा १७ अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई उछिनेको छ । त्यस्तै ओसासुनाले ९ खेलमा ११ अंक हासिल गरेको छ भने अंक तालिकामा ११औ स्थानमा रहेको छ ।

    ला लिगामा रियल म्याड्रिड ८ खेलमा १८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना ८ खेलमा १६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ भने एटलेटिको म्याड्रिड ८ खेलमा १५ अंकसहित चौथो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij