प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट वरियताको शिर्ष स्थानमा उक्लिएका छन्। आईसीसीले जारी गरेको नयाँ वरियतामा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई पछि पार्दै कोहली शिर्ष स्थानमा उक्लिएका हुन्।
उनि ९२८ रेटिङ अंकका साथ शिर्ष स्थानमा रहेका छन्। यस्तै ९२३ अंकका साथ स्मिथ दोस्रो स्थानमा छन्। यसअघि स्मिथ शिर्ष स्थानमा थिए भने कोहली दोस्रो स्थानमा रहेका थिए। वरियताको तेस्रो स्थानमा न्युजिल्याण्डका कप्तान केन विलियक्सन(८७७) रहेका छन भने भारतका चेतेश्वर पुजारा चौथो स्थानमा यथावत छन्।
अस्ट्रेलियका अर्का ब्याट्सम्यान डेभिड वार्नरले भने यसपटक वरियतामा ठूलो छलाङ मारेका छन्। उनी १२ स्थान माथि उक्लिँदै वरियताको ५ औं स्थानमा आएका छन्। यस्तै अष्ट्रलियाकै अर्का खेलाडी मार्नस लाबुसने आठौं स्थानमा आएका छन् ।ईंग्ल्याण्डका कप्तान जोए रुट सातौँ स्थानमा छन भने छैठौं स्थानमा भारतका अजिंख्य रहाणे रहेका छन्।
बलिङ तर्फ भने अस्ट्रेलियका प्याट कमिन्स ९०० अंकका साथ शिर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कगिसो रबाडा रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij