प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६
एक जना सत्यको खोज गर्ने मानिसलाई संसारको अन्त्य खोज्ने विचार आयो । उसले सोच्यो–‘ कतै न कतै त संसारको अन्त्य होला नि ! कतै न कतै त संसारको अन्तिम बिन्दु आउँछ होला ।’
ऊ निस्कियो । उसले धेरै वर्षसम्म यात्रा गर्यो । यस्तो यात्रामा नजाऊ भन्दै उसका साथी, आफन्त आदिले रोक्ने प्रयास गरे–‘ थाहा छैन संसारको अन्त्य हुन्छ कि हुँदैन ।’
उसले भन्यो–‘ यदि संसार छ भने कतै न कतै त अवश्य यसको सुरुआत होला । कतै न कतै त यो समाप्त हुन्छ होला ।’ उसले आफ्नो जिद्धी छाडेन ।
उसले धेरै यात्रा गर्यो । युवावस्थामा निस्केको ऊ बुढो भयो । उसका खुट्टा थाके । संसारको अन्त्यभन्दा पहिल्यै आफ्नो अन्त्य होला भन्ने सोचेर उसको मन आत्तियो ।
अत्यन्तै थाकेको अवस्थामा लामो यात्रा गरिसकेको ऊ एक ठाउँमा पुग्यो त्यहाँ एउटा काठमा लेखिएको थियो–‘हियर एन्डस् वल्र्ड (यहाँ जमिन समाप्त हुन्छ) ।’
उक्त बोर्ड भएको ठाउँमा एउटा सानो मन्दिरबाहेक केही पनि थिएन । केवल गहिरो सन्नाटा थियो ।
ऊ त्यहाँबाट अघि बढ्यो । केही अगाडि बढेपछि उसले संसार समाप्त भएको देख्यो । सीमारेखा देख्यो । त्यताभन्दा उता केही पनि थिएन । थियो त निराकार, अन्धकार या सून्य । उक्त शून्यमा हेर्न खोज्दा उसको प्राण काँप्यो ।
उसले संसार समाप्त हुने ठाउँतिर उभिएर हेर्यो । त्यहाँ अनन्त खाल्डो थियो । जसको भूँइ थिएन । पानी पनि अनन्त थियो त्यहाँ पनि कुनै आधार थिएन । त्यहाँभन्दा अगाडि पनि शून्य थियो र कुनै आधार थिएन त्यसलाई हेर्दा उसको प्राण काँप्यो । ऊ आत्तिदै फर्कियो र मन्दिरको द्वारमा पुगेर मूर्छित भयो ।
पुजारीले उसलाई उठायो र के भयो भनेर सोध्यो ।
उसले भन्यो–‘ म संसारको अन्तिम सीमामा आइपुगेँ र मेरो प्राण काँपिरहेको छ म निकै आत्तिएको छु ।’
पुजारीले प्रतिक्रिया दियो–‘ यदि तिमी त्यस ठाउँबाट जहाँ सबै समाप्त हुन्छ फलालेका हुन्थ्यौं भने तिमीले त्यो चीज प्राप्त गथ्र्यौं जहाँबाट सबै सुरु हुन्छ । यदि तिमीले त्यस अनन्त खाल्डोमा हाम फालेका हुन्थ्यौं भने परमात्मा प्राप्त गर्ने थियौ ।’
जहाँ संसारका समाप्ति हुन्छ त्यँही परमात्मा सुरु हुन्छ । जहाँ हाम्रो विचारको संसार समाप्त हुन्छ त्यँही हामी परमात्माको जीवनमा प्रवेश गर्छौं । जो मानिस विचारमा हुन्छ ऊ संसारमा हुन्छ । जुन मानिस विचारबाहिर हुन्छ, ऊ संसार बाहिर हुन्छ । त्यसैले मानिसले सन्यासी बन्नका लागि घर छाडेर भाग्दैमा ऊ सन्यासी बन्यो भनेर कसैले नसोचोस् । घर छाड्दैमा कोही पनि सन्यासी हुँदैन । यदि कसैले सविचार छाडिदिन्छ भने ऊ अवश्य सन्यासी बन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij