सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पश्चिममा हावाहुरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सक्ने सर्तक रहन् आग्रह

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २७, २०७६



  • काठमाडौं । अहिले नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाइएको छ ।

    देशका पश्चिमी भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानका साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भाबना रहेको जनाइएको छ ।

    भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने उच्च पहाडीसहित हिमाली भूभागमा हिमपातको सम्भावना पनि औंल्याइएको छ ।

    आउँदो आइतबार देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमका थोरै स्थानका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना पूर्वानुमान गरिएको छ ।

    आगामी २४ घण्टा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

    विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij