सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २७, २०७६



  • काठमाडौँ । हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो । दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् । घरको मन्दिरमा पूजा गर्दा ध्यान दिनैपर्ने यी ३ कार्य;

    १. प्राण प्रतिष्ठा गर्न आवश्यक: कतिपय हिन्दु अनुयायीहरुले घरमा मन्दिर स्थापित गरेको हुन्छ र पूजाघरमा कोही कोहीले मुर्ति पनि राखेका हुन्छन् । मुर्ति राख्दा जहिले पनि प्राण प्रतिष्ठा गर्नुपर्ने आवश्यक हुन्छ । अर्थात, मूर्ति पुजा घरमा राख्दा विशेष मन्त्रोच्चारण सहित भगवानलाई त्यस मुर्तिमा आह्वान गर्नुपर्छ । जसले गर्दा त्यस मुर्तिमा प्रभु साक्षात निवास गर्ने गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    २. कुलदेवी र राशि अनुसार पूजा गर्नुहोस्: कुलदेवीलाई मानिसको सबै मनोकामना पूरा गर्ने देवीको रुपमा चिनिन्छ । त्यसैगरी यदि कसैले आफ्नो राशि अनुसार देवीको आरधना गर्‍यो भने देवी सधैं प्रशन्न रही विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

    ३. तुलसीको पूजा गर्नुहोस्: धेरै मानिसहरू नियमित रूपमा पूजा गर्दछन्, तर कतिपयले तुलसीको पूजा गर्न भने बिर्सिन्छन् । हिन्दु धर्ममा तुलसीलाई पनि एक उच्च स्थानमा राखिएको छ । जसको घरमा तुलसीको नियमित पूजा गरिन्छ, त्यस घरमा सधैं खुशी, सुख र समृद्धि छाउने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij