सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

संसारको अन्त्य कहिले हुन्छ ?,सेयर गरौ

  • प्रकाशित मिति : आइतवार, मंसिर २९, २०७६



  • एक जना सत्यको खोज गर्ने मानिसलाई संसारको अन्त्य खोज्ने विचार आयो । उसले सोच्यो–‘ कतै न कतै त संसारको अन्त्य होला नि ! कतै न कतै त संसारको अन्तिम बिन्दु आउँछ होला ।’

    ऊ निस्कियो । उसले धेरै वर्षसम्म यात्रा गर्‍यो । यस्तो यात्रामा नजाऊ भन्दै उसका साथी, आफन्त आदिले रोक्ने प्रयास गरे–‘ थाहा छैन संसारको अन्त्य हुन्छ कि हुँदैन ।’

    उसले भन्यो–‘ यदि संसार छ भने कतै न कतै त अवश्य यसको सुरुआत होला । कतै न कतै त यो समाप्त हुन्छ होला ।’ उसले आफ्नो जिद्धी छाडेन ।

    उसले धेरै यात्रा गर्‍यो । युवावस्थामा निस्केको ऊ बुढो भयो । उसका खुट्टा थाके । संसारको अन्त्यभन्दा पहिल्यै आफ्नो अन्त्य होला भन्ने सोचेर उसको मन आत्तियो ।
    अत्यन्तै थाकेको अवस्थामा लामो यात्रा गरिसकेको ऊ एक ठाउँमा पुग्यो त्यहाँ एउटा काठमा लेखिएको थियो–‘हियर एन्डस् वल्र्ड (यहाँ जमिन समाप्त हुन्छ) ।’
    उक्त बोर्ड भएको ठाउँमा एउटा सानो मन्दिरबाहेक केही पनि थिएन । केवल गहिरो सन्नाटा थियो ।

    ऊ त्यहाँबाट अघि बढ्यो । केही अगाडि बढेपछि उसले संसार समाप्त भएको देख्यो । सीमारेखा देख्यो । त्यताभन्दा उता केही पनि थिएन । थियो त निराकार, अन्धकार या सून्य । उक्त शून्यमा हेर्न खोज्दा उसको प्राण काँप्यो ।

    उसले संसार समाप्त हुने ठाउँतिर उभिएर हेर्‍यो । त्यहाँ अनन्त खाल्डो थियो । जसको भूँइ थिएन । पानी पनि अनन्त थियो त्यहाँ पनि कुनै आधार थिएन । त्यहाँभन्दा अगाडि पनि शून्य थियो र कुनै आधार थिएन त्यसलाई हेर्दा उसको प्राण काँप्यो । ऊ आत्तिदै फर्कियो र मन्दिरको द्वारमा पुगेर मूर्छित भयो ।

    पुजारीले उसलाई उठायो र के भयो भनेर सोध्यो ।

    उसले भन्यो–‘ म संसारको अन्तिम सीमामा आइपुगेँ र मेरो प्राण काँपिरहेको छ म निकै आत्तिएको छु ।’

    पुजारीले प्रतिक्रिया दियो–‘ यदि तिमी त्यस ठाउँबाट जहाँ सबै समाप्त हुन्छ फलालेका हुन्थ्यौं भने तिमीले त्यो चीज प्राप्त गथ्र्यौं जहाँबाट सबै सुरु हुन्छ । यदि तिमीले त्यस अनन्त खाल्डोमा हाम फालेका हुन्थ्यौं भने परमात्मा प्राप्त गर्ने थियौ ।’

    जहाँ संसारका समाप्ति हुन्छ त्यँही परमात्मा सुरु हुन्छ । जहाँ हाम्रो विचारको संसार समाप्त हुन्छ त्यँही हामी परमात्माको जीवनमा प्रवेश गर्छौं । जो मानिस विचारमा हुन्छ ऊ संसारमा हुन्छ । जुन मानिस विचारबाहिर हुन्छ, ऊ संसार बाहिर हुन्छ । त्यसैले मानिसले सन्यासी बन्नका लागि घर छाडेर भाग्दैमा ऊ सन्यासी बन्यो भनेर कसैले नसोचोस् । घर छाड्दैमा कोही पनि सन्यासी हुँदैन । यदि कसैले सविचार छाडिदिन्छ भने ऊ अवश्य सन्यासी बन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij