आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मंसिर २८ देखि पुष ४ गतेसम्मको राशिफल

  • प्रकाशित मिति : सोमवार, मंसिर ३०, २०७६



  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    यो साता मंगल कार्यको योगछ । राजनैतिक कार्यमा ख्याती कमाउने योग छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । सन्तान सुख मिल्नेछ । साताको अन्त्यमा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग रातो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    यो साता समय व्यवस्थापन गर्न गारो पर्नेछ । कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । मनमा दुविधाहरू उत्पन्न हुनेछन् । मध्य सातामा मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    यो साता सभासमारोहमा सरिक हुने सम्भावना छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावनापनि छ । प्रेम जीवन सबल र सफल रहनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    महत्त्वपूर्ण कामको थालनी हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कला र गलाको प्रभाव बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    यो साता सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    फजुल खर्चले चिन्ता बढाउनेछ । । वैदेशिक क्षेत्र कमजोर रहनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साझेदारीको काममा उल्झन आउनेछ । साताको मध्यमा आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    यो साता मित्र सुख मिल्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । बन्धुबान्धव, दाजुभाइ र साथीको सहयोग र हौसला मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    छोटो, रमणीय र सुखद् यात्राको योग छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानीपनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको ध्यान गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    यो साता मित्रहरूले दिएको वचन फेरिन सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । यात्रामा मालसामान हराउन सक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij