आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ए डिभिजनः जावलाखेलसँग संकटा बराबरीमा रोकियो

  • प्रकाशित मिति : बिहिबार, पुस १०, २०७६



  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेलेको हो ।

    खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रुचालले बायाँ भागको कर्नर नजिकै पाएको फ्रिकिकलाई उत्कृष्ट ढंगबाट गोलमा परिणत गरेका थिए ।

    त्यसअघि खेलको ३० मिनेटमा संकटाले अग्रता दोब्बर बनाउने मौका गुमायो । विदेशी खेलाडी जियान मरियाले उपलब्ध गराएको क्रसमा कर्ण लिम्बुले बललाई जाली चुमाउन असफल भए ।

    तर, खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । हरि कठायतको फ्रिकिकलाई उनले हेडबाट पोस्टको जाली चुमाएका थिए । खेलमा संकटाका अर्नेष्ट म्यान अफ दि म्याच चुनिए ।

    बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ । जावलाखेलले ३ खेलमा ५ अंक जोडेको छ । जावलाखेल लिगको तेस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij