आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ज्लाटन एसी मिलानमा अनुबन्ध

  • प्रकाशित मिति : शनिबार, पुस १२, २०७६



  • एजेन्सी । स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् ।

    ३८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले सिरि ‘ए’ क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन् । मिलानको आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आइ जेट इज कमिङ’ भन्दै ट्वीट गरेका छन् ।

    ‘इभ्राहिमोभिच स्वास्थ्य परिक्षणपछि जनवरी २ मा मिलानमा टिमसँग जोडिनेछन् । इभ्राहिमोभिचले गत नोभेम्भरमा अमेरिकी मेजर लिग सकर सिजनको अन्त्यसँगै एलए ग्यालेक्सी छाडेका थिए । इभ्रााहिमोभिचले २०१० देखि २०१२ सम्म एसी मिलानमा रहँदा ८५ खेलमा ५६ गोल गरेका थिए ।

    इभ्राहिमोभिचले १५ जनवरीमा एसपालसँग खेल्दै मिलानबाट पुनः डेब्यु गर्नेछन् । पीएसजीका पुर्व प्रशिक्षक कार्लो एन्सेलोटी एभर्टन लागेपछि ज्लाटनलाई पनि एभर्टन ल्याउने तयारी भइरहेको सुनिदा उनले इटाली नौ रोजेका हुन् । ज्लाटन २०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अमेरिकन क्लब एलए ग्यालेक्सीमा आबद्व भएका थिए । उनले त्यहाँ ५६ खेलमा ५२ गोल गर्दै आफ्नो प्रभाव छाडेका थिए ।

    लगातार खराल लयबाट गुज्रिरहेको ७ पटकको युरोपियन च्याम्पियन मिलान २०११ यता उपाधिविहीन छ । मिलान जारी सिजनमा १७ खेलमा मात्र २१ अंक जोड्दै ११औं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij