आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मंगलबारदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : सोमवार, पुस २१, २०७६



  • काठमाडौँ । आज सोमबार सामान्यतया देशभरको मौसम सामान्य रहेपनि भोलि मंगलबारबाट भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसममा आएको सुधार आइतबार र सोमबार मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ ।

    विभागका अनुसार, आज दिउँसोसम्म घाम लागेपनि बेलुकापख पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने र राति पश्चिमी क्षेत्रको मौसम बदली भई हल्का पानी पर्ने सम्भावना छ।

    यसैबीच आज काठमाडौँमा उपत्यकाको न्यूनतम तामपक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

    भोलि मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना भएपनि बिहीबारबाट भने मौसममा सुधार हुने विभागले जारी गरेको तीन दिने पूर्वानुमन सूचनामा जनाईएको छ ।

    यस्तो छ विभागले निकालेको तीनदिने पूर्वानुमान तालिका
    पौष २१ गते (सोमबार)

    दिउँसो : देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पुर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ।

    रातीः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    पौष २२ गते (मंगलबार)

    दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने पुर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    पौष २३ गते (बुधबार)

    दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

    रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij