आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अकला मन्दिरमा राति शंखघण्टा आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति

  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६



  • नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ। मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ।

    अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।

    यी मन्दिरको महिमा बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएको श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ, रुद्रभिषेक, सप्तशति, पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा संकलन भएको थियो ।

    सो महायज्ञ संचालन कार्यक्रमको प्रमुख अतिथी संघीय संसदका माननीय सांसद श्री केदार सिग्देल हुनुहुन्थ्यो। सो कार्यक्रम सफल पार्न म्याग्दे गाउँपालिका तथा अन्य क्षेत्रका समेत समाजसेवी, बुद्धिजिवी, महिला, शिक्षक, विद्यार्थी, पत्रकार, किसान, मजदुर, राजनैतिक दल, पेशाकर्मी, संघसंस्था सबै तह र तप्काका व्यक्ति सहभागी भई आर्थिक सहयोगका पु¥याउनु भएको थियो । अकलादेवी मन्दिरको गुरुयोजना बनाउनको लागी ललितपुर गोदावरी नगरपालीका वडा नं. १३ निवासी विनोद खड्कालाई आम भेलाले जिम्मा दिने निर्णय गरीएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij