शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

“रोल्पाबाट बिस्थापितहरुलाई राख्ने, गोली लागेर घाइते भएकाहरुलाई उपचारमा दौडधुप गर्ने मै दिन बिताए”- नेता आचार्य (भिडियो सहित)

  • प्रकाशित मिति : शुक्रबार, माघ १०, २०७६



  • बिनिता शर्मा,काठमाडौ । साबिक लिवाङ ६ रोल्पामा र हाल रोल्पा नगरपालिका २ रोल्पामा जन्मीनु भएका मनोजमणी आचार्य बिगत ३० बर्ष देखि निरन्तर रूपमा रोल्पाली जन्ताका लागि सुखदुःख बेला खटिदै आउएको चिरपरीचित नाम हो ।

    आचार्य २०४६ सालमा भएको परिवर्तन यता निरन्तर रूपमा सामाजिक सेवामा लागेको जानकार हरु बताउँछन् ।आचार्य बाल कल्याण माध्यमिक विद्यालय लिवाङ रोल्पाको जुनियर रेडक्रस सर्कलको सचिव,सोही विद्यालयको विद्यालय ब्यबस्थापन समितीको अध्यक्ष,नेपाल विद्यार्थी संघ रोल्पा को अध्यक्ष,नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य,नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष,नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै, नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनको अध्यक्ष पदको प्रत्यासी समेत हुनुहुन्छ।

    उहाँले आफु भन्दा सानोलाई सम्मान गर्ने अत्यन्तै मिलनसार नेताका रूपमा परीचित नेता आचार्य सधै देश र जन्ताको लागि चिन्तीत हुने गरेको जानहरुको भनाई छ। माओवादी जनयुद्धको बेला उदगम थलोको रूपमा चिनीने रोल्पाका युवा नेता आचार्यको तत्कालीन समयमा काठमाडौको शंखमुलमा डेरा रहेकोे र रोल्पाबाट बिस्थापितहरुलाई राख्ने गोली लागेर घाइते भएकाहरुलाई उपचारमा दौडधुपगर्ने मै दिन बिताउने गरेको रोल्पाली जनयुद्ध पीडितहरुले बताउने गर्छन् ।

    नेता आचार्यको बसेर जागिर जिबन सुरुवात गरेका धेरै जना ठुलो तहमा पुगेको सबैले भेटेको बेला सम्मान व्यबहार गर्दा आनन्द महसुस भएको उहाँको भनाई छ। राजनीति गर्ने देश र जन्ताका लागी हो सोचेको अनुसार देशमा परिवर्तन हुन् नसकेकोले निकै दुख लाग्छ भन्दै सबै राजनीति दलहरूमा सकारात्मक सोच आउने हो भने देशमा अबस्य परीबर्तन निश्चित छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij