आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओमानसँग १८ रनले हार्‍यो नेपाल

  • प्रकाशित मिति : बुधबार, माघ २२, २०७६



  • काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

    कीर्तिपुस्थित त्रिवि मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो ।

    ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

    नेपालको लागि शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।

    त्यसअघि करण केसीले ४ र सुशन भारीले ३ विकेट लादा नेपालले ओमानलाई १९७ रनमा रोक्न सफल भएको थियो ।

    पहिलो ओभरको अन्तिम बलमा करण केसीले जतिन्द्र सिंहलाई आउट गर्दै सुखद शुरुआत दिएका थिए । ओमानलाई दबाबमा राख्ने क्रममा करणले नै सातौ ओभरको चौथो बलमा अर्का ओपनर खावर अलीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

    १३औं ओभरको तेस्रो बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत १६ रन बनाएर अकिब इल्यासलाई रनआउट गरे । १९औं ओभरमा डेब्युटान्ट सुशन भारीले दुई विकेट लिँदै ओमानलाई थप दबाबमा राखे । उनले चौथो बलमा कप्तान जिसान मक्सुदलाई एलबीडब्लु आउट गरे । त्यसपछि त्यस ओभरको अन्तिम बलमा सुरज कुरमालाई कप्तान ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । नेपाली मुलका सुरज कुमराले खाता समेत खोल्न सकेनन् ।

    १९ ओभरमा ५ विकेट गुमाएर ५७ रन बनाएको ओमानी इनिङ्स सुरुमै धर्मराएको थियो । घरेलु दर्शकको समर्थन पाएको नेपालल गतिलो शुरुआत गरे पनि ओमानले मध्यक्रमले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई पुनरागमन गराए ।

    पाँचौ‌ नम्बरमा ब्याटिङ गरेका मुहम्मद नदिम र सन्दिप गौडले छैटौँ विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले ६० विकेटको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । साझेदारीपछि ओमानले ११७ रन बनाएको थियो ।

    ३९औं ओभरको चौथो बलमा सुशनले उक्त साझेदारी तोडे । सुशनले गौडलाई विनौ भण्डारीको हातबाट स्मटम्प आउट गराए । गौडले ७१ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३३ रन योगदान गरे । त्यसपछि नेपालले नियमित अन्तरमा विकेट लिन थाल्यो तर नदिमले अन्तिमसम् क्रिजमा रहँदै ब्याटिङ गर्दै ओमानको लागि मध्ययम स्कवर बनाउन सहयोग गरे ।

    ४२औं ओभरमा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका बादल सिंहलाई रोहित पौडेलबाट कयाचबउट गराए । त्यसपछि नदिमले नसिम खुशीसंग ४२ रनको साझेदारी गरे । नवौं नम्बरमा ब्याटिङ गरेका खुशीले १८ बल खेल्दै २८ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे ।

    नेपालका करण केसीले खुशीलाई र कलिमुल्लाहलाई एके ओभरमा आउट गरे । ४८औं ओभरको पहिलो बलमा करणले खुशीलाई शरद भेषावकरबाट क्याचआउट गराए । त्यही ओभरको चौथो बलमा कलिमुल्लाहलाई विनोद भण्डारीले क्याचआउट गरे ।

    ११औं नम्बरमा आएका बिलाल खानले मुहम्मद नदिमसंग अन्तिमसम्म ब्याटिङ गरे । नदिमले अविजित ६९ र बिलाल खानले अविजित ८ रन बनाए ।

    नेपालको लागि करण केसीले ४ विकेट लिए । तर यसै खेलबाट ओडिआईमा डेब्यु गरिरहेका सुशन भारीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएर डेब्यु यादगार बनाए ।

    करणले ९ ओभरमा १ मेडन ख्द ४७ रन खर्चेर ४ विकेट लिए । सुशनले १० ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । अर्को डेब्युटान्ट बलर अभिनाष बोराले ९ ओभरमा २ मेडनराख्दै ३८ रन खर्चे भने विकेट लिन सकेनन् । सन्दीप लामिछानेले पनि विकेट लिन सकेनन् । उनले १० ओभरमा ४५ रन खरचेर भने १ मेडन राखे ।

    १९८ रनको लक्ष्य पछ्याएको नेपालको शुरुआत राम्रो हुन सकेन । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडीले ओपनिङ गरेपछि दर्शकको अपेक्षा अनुसार ब्याटिङ गर्न सकेनन् । ज्ञानेन्द्र १ र पारस ३ रन बनाएर आउट भए ।

    सुरुको दुई ओभरमा नेपालले रन जोड्न सकेन । ज्ञानेन्द्र चौथो ओभरको पाँचौ बलमा आउट भए भने पारस पाँचौ ओभरको तेस्रो लमा आउट भए । दुई अनुभवी खेलाडी आउट भएपछि सुरुमै धक्का लागेको नेपाली यनिङ्स शरद भेषावकर र उपकपतान दीपेन्द्र सिंह ऐरीले सम्हाले ।

    शरद र दीपेन्द्रले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । दीपेन्द्रले २१औ ओभरको तेस्रो बलमा आउट हुनुअघि ३६ रन बनाए । उनले ५७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । त्यसपछि नेपालले २४औ ओभरमा लगातार २ विकेट गुमायो । आरिफ शेख २ र रोहित कुमार पौडेल १ मा आउट भयो ।

    ओमानका कप्तान जिसन मक्सुदले आरिफलाई पहिलो बलमै कट एण्ड बोल्ड गरे । लगतै उनले रोहितलाई खावर अलीबाट क्याचआउट गराए । ओमानका लागि कप्तान जिसनले मात्रै ३ तथा बिलाल खान र कलिमुल्लाहले २-२ विकेट लिए । मक्सुले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चिए ।

    नेपालले ७३ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर शरदले एक छेउबाट सम्हालिरहेका थिए । विकेटकिपर विनोद भण्डारीसंग शरदले ४३ रनको साझेदारी गरे । यी दुईले राम्रो साझेदारी गरिरहेको बेला ३४औं ओभरको पहिलो बलमा विनोद भण्डारी आउट भए । विनोदलाई खावर अलीले सन्दिप गौडबाट क्याचआउट गराए ।

    नेपालले ११६ रन हुँदा छैटौँ विकेट गुमायो । त्यसपछि करण केसी क्रिजमा गए । तर करण खाता नखोली आउट भए । ८ बल खेलेका करण ३७औं ओभरको चौथो बलमा कलिमुल्लाहको बलमा नसिम खुशीको हातबाट क्याचआउट भए ।

    करण आउट भएपछि स्पीनर सन्दीप लामिछाने आठौं नम्बरमा ब्याटिङ गर्ने पुगे । ३८औ ओभरको पाँचौ बलमा सिंगल लिँदै शरदले अर्धशतक पूरा गरे । अर्को बलमा सन्दीपले बाउन्ड्री प्रहार गर्न खोजेका थिए । ओमानी फिल्डरले बल क्याच गरे पनि सम्हाल्न सकेनन् र सन्दीप बचे ।

    शरदलाई गतिलो साथ दिएका सन्दीपले ३९औं ओभरमा १ छक्का र ४०औं ओभरमा १ चौका प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । सन्दीपले ४२औं ओभरमा २ चौका प्रहार गर्दै नेपालको लागि आशा जगाएका थिए । उनले १८ बलमै २७ रन बनाउ शरदलाई राम्रो साथ दिए । शरद र सन्दीपले आठौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।

    शरद ४४औं ओभरको पहिलो बलमा अकिब इलयासको बलमा बोल्ड भए । उनले १०८ बल खेल्दै ५ चौकाको मद्दतमा ५५ रन जोडे । सन्दीप लामिछाने पनि ४५औं ओभरको पहिलो बलमा आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

    सन्दीप जिसन मक्सुदको बलमा खावर अलीबाट क्याचआउट भए । ४७औं ओभरको पाँचौ बलमा सुशन भारी आउट भएपछि नेपाल १८ रनले पारजित भएको हो । ८ रन बनाएका सुशनलाई विलाल खानले सुरज कुमारबाट क्याचआउट गराए ।

    सिरिजको पहिलो खेलमै पराजित भएपछि नेपाल विश्वकप लिग २ मा अंकविहिन छ । जितपछि ओमानले भने १० अंक जोडेको छ । सिरिज अन्तर्गत नेपालले अर्को खेल अमेरिकासँग खेल्नेछ । बिहीवार अमरिका र ओमनबीच खेल हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij