आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा ‘प्याक’

  • प्रकाशित मिति : बुधबार, माघ २९, २०७६



  • काठमाडौं। नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।

    नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्।

    लामिछानेको यो ओडीआई करिअरकै उत्कृष्ट बलिंग फिगर हो। उनले आफ्नो अन्तिम ओभरमा २ विकेट लिँदै अमेरिकालाई रेकर्ड सबैभन्दा कम स्कोरमा अलआउट गरे। नेपालले ओडीआईमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा रोकेको यो पहिलो हो।

    सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।

    नेपालले जारी लीगमा अमेरिकालाई पराजित गरिसकेको छ। आज त्रिकोणीय श्रृंखलाको अन्मित खेलमा पनि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका हुन्। ३ देश रहेको श्रृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो।

    अमेरिका पनि ओमानसँग दुबै खेलमा र नेपालसँग एक खेलमा पराजित भइसकेको छ। केही समयपछि ब्याटिंगका लागि नेपाल मैदानमा आउने छ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij