आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पुलिस र संकटाको सुखद अन्त्य

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६



  • काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका १३औं तथा अन्तिम चरणका खेलहरु भइरहेका छन् ।

    बिहीबार भएका खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब र संकटा क्लबले सुखद अन्त्य गरेका छन् ।

    पुलिस ३–० फ्रेन्ड्स, जुमनुको ‘ह्याट्रिक’

    पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो । पुलिसलाई जिताउनेक्रममा जुमनु राईले ‘ह्याट्रिक’ गरे ।

    संकटा ६–२ सरस्वती

    त्यस्तै, संकटा क्लबले सरस्वती युथ क्लबलाई ६–२ को फराकिलो अन्तरले हरायो ।

    संकटाका लागि मेसोउकेले दुई तथा सुवास गुरुङ, टिकाराज गुरुङ र रोशन पहाडीले एक/एक गोल गरे । सरस्वतीका पूर्णबहादुर श्रेष्ठले एक आत्मघाती गोल गरेका थिए ।

    सरस्वतीका लागि दुवै गोल काजिम बुसारीले गरेका थिए ।

    सशस्त्र १–१ बिग्रेड ब्वाइज

    यसपटक कमजोर प्रदर्शन गरेको सशस्त्र प्रहरीको एपीएफ क्लबले अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग १–१ गोलको बराबरी खेल्यो ।

    सशस्त्रका आशिष लामाले ४४औं मिनेटमा गोल गरे पनि अन्तिममा सम्हालिन नसक्दा ‘इन्जुरी’ समयमा विजय गुरुङले गोल गर्दै बराबरी गरे ।

    शुक्रबार पनि तीन खेल

    शुक्रबार पनि तीन खेल हुनेछन् ।

    बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)सँग, दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबसँग र दिउँसो साढे ३ बजे मनाङ–मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । सबै खेल कम्प्लेक्सको मैदानमा हुनेछन् ।

    अन्तिम खेल

    जारी लिगको अन्तिम खेल शनिबार दशरथ रंगशालामा हुनेछ । दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।

    अंकतालिका

    लिग तालिकामा अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो, मनाङ २५ अंकसहित तेस्रो र थ्रीस्टार २३ अंकसहित चौथो स्थानमा छ ।

    सबै खेल खेलेको पुलिस २० अंकसहित पाँचौं, एक खेल कम खेलेको जावलाखेलको १९ तथा सबै खेल खेलेको संकटाको १८ अंक भएको छ । च्यासल र एनआरटीको समान १५ अंक छ । फ्रेन्ड्सको १४ तथा हिमालयनको ११ अंक छ ।

    सबै खेल खेलेका सशस्त्र र बीबीसीको समान ९ तथा ‘रेलिगेसन’मा परेको एकमात्र टिम सरस्वतीको ४ अंक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij