आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भ्यालेन्सियामाथि एटलान्टाको गोल वर्षा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ८, २०७६



  • च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब टोटनहम हटस्पर्स जर्मन क्लब आरबी लेइपजीगसँग १–० गोल अन्तरले पराजित भएको छ । लेइपजिगको जीतमा एक मात्र गोल टिमो वेर्नरले गरे ।

    खेलमा घाइते रहेका सन हिउङ मिन र ह्यारी केन बिना नै मैदानमा उत्रेको स्पर्सले विपक्षीको पोष्टमा उल्लेख्य आक्रमण गर्न असफल भएको थियो । गोलकिपर ह्युगो लोरिस नायक बन्दा मात्र स्पर्स ठूलो गोलअन्तरले पराजित हुनबाट जोगिएको थियो ।

    खेलको ५८ औँ मिनेटमा वेर्नरले पेनाल्टीबाट निर्णयक गोल गर्दै लेइजीगलाई जीत दिलाएका थिए ।

    टोटनह्यामले अब शनिबार इङ्लिस प्रिमियर लिगमा स्टिाम्फोर्ड ब्रिजमा अब चेल्सीको सामना गर्नेछ ।

    उता, स्पेनिस क्लब भ्यालेन्सिया भने एटलान्टासँग ४–१ ले स्तब्ध बनेको छ ।

    एटान्टाको जीतमा हान्स हाटेबोएरले दुई तथा जोसिप इलिसिच र रेमो फ्रेउलरले एक–एक गोल गरे । भ्यालेन्सियाका लागि डेनिस चेरसेभले सान्तवना गोल फर्काए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij