आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

करेलाका बेफाइदा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७



  • तितो स्वाद हुने तरकारीमध्ये करेलाका स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक मानिन्छ । मधुमेहको खतरादेखि लिएर विभिन्न प्रकारका समस्याहरुमा यसको सेवन गर्ने गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा बेफाइदा पनि पुग्छ । अत्यधिक करेला सेवनले ‘साइड इफेक्ट’ गराउँछ ,

    करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया (Momordica charantia) नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ । गर्भावस्थाको समयमा अत्यधिक करेला सेवनले गर्भपतन हुने खतरा हुन्छ ।

    प्रायः मधुमेहका बिरामीले रगतमा चिनिको मात्रा सन्तुलन गर्न करेला खाने गर्छन् । यस्ता बिरामीहरुले करेलाको जुस सेवन गर्दा मात्रा मिलाएर पिउने गर्नुपर्छ । अत्यधिक करेलाको जुस सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्छ । अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।

    यसैगरी, अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने , पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij