मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आमाको दूधबाट कोरोनाभाइरसको उपचार

  • प्रकाशित मिति : सोमवार, बैशाख २९, २०७७



  • काठमाडौं। कोरोनाभाइरसका कारण लाखौं मानिसहरुको मृत्यु भइसकेको छ । यही कारण विश्वभरका देश यसको उपचारको खोजीमा दिन रात जुटेका छन् । विशेषज्ञ र वैज्ञानिकहरुको लाख कोसिसपछि पनि यसको कुनै ठूलो सफलता प्राप्त भएको छैन । भ्याक्सिन बनाउनको लागि दिनहुँ नयाँ प्रयोग भइरहेका छन् । यही क्रममा अब आमाको दूधबाट कोरोनाभाइरसको उपचार हुन सक्ने दावी गरिएको छ ।

    द जर्नल अफ क्लिनिकल माइक्रोबायोलोजीमा शुक्रबार प्रकाशित एक रिसर्च रिपोर्टका अनुसार आमाको दूधबाट एन्टिबडी बनाएर त्यसको परीक्षण गरिएको छ । अनुसनधानमा संक्रमित आमाको दूधमा एन्टिबडी हुन सक्ने पाइएको छ जुन एन्टिबडीले बच्चालाई कोरोनाभाइरसबाट बचाउन सक्छ । यही कारण संक्रमित महिलाहरुलाई आफ्ना बच्चालाई संक्रमणबाट बचाउन स्तनपान जारी राख्न सल्लाह दिइएको छ ।

    शोधकर्ताहरुले दूधको माध्यमबाट भाइरसको संचरण नहुने दावी गरेका छन् । उनीहरुले दूधमा निश्चित रुपमा एन्टिबडी हुन सक्ने दावी पनि गरेका छन् । यो अध्ययनको नेतृत्व गर्ने द इकना स्कुल अफ मेडिसिनकी रेबेका पावेलले समाचार एजेन्सी रोयटर्सलाई यसको जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij