मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एकैदिन १०१ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्यो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १३, २०७७



  • काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो ।

    जसमा सबैभन्दा धेरै कपिलवस्तुमा र रौतहटमा संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुमा २६, रौतहटमा २२, सुर्खेतमा १२, बाँकेमा आठ, सिरहामा पाँच, बारामा पाँच, स्याङ्जा, अर्घाखाँची, महोत्तरी र गुल्मीमा दुई/दुईजना, धनुषा, कैलाली, अछाम र रुपन्देहीका एक/एकजनामा संक्रमण देखिएको जानकारी दिए ।

    प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीमा पनि ११ जनामा संक्रमण देखिएको छ ।

    योसँगै नेपालमा ४६ जिल्लाका ७८३ जनामा संक्रमण देखिएको छ ।

    मन्त्रालयले संक्रमणको आशंका गरी स्वास्थ्य परीक्षण गराउन जानेहरुलाई स्थायी ठेगाना र हाल बसिरहेको ठेगानासहितको विवरण स्पस्टरुपमा भर्न आग्रह गरेको छ ।

    प्रवक्ता डा. देवकोटाले संक्रमितको संख्या बढ्दै गएको समयमा संक्रमितको नजिक रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्न आवश्यक पर्ने हुँदा सही सूचना दिन आग्रह गरे ।

    मन्त्रालयले संक्रमितको संख्या बढिरहेको समयमा एकपटक परीक्षण गराएर ‘नेगेटिभ’ देखिएका व्यक्तिहरु र संक्रमणलाई जितेका व्यक्तिहरुले जोखिम छैन भनेर लापरबाही नगर्न आग्रह गरेको छ । जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाउन भनेको छ ।

    यस्तै, मंगलबार वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् ४३ जना संक्रमितहरु ‘डिस्चार्ज’ भएका छन् । योसँगै १५५ जनाले कोरोनालाई जितेका छन् ।

    हाल देशभर ५२२ जना ‘आइसोलसन’मा उपचाररत् रहेका छन् ।

    देशभर ५४ हजार ४२४ जनाको ‘पीसीआर’ परीक्षण भएको छ भने ९७ हजार ९६७ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

    इमेज खबरबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij