मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७



  • धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न होस् वा कुनै पट्यारलाग्दो दिन कटाउन, चियाको साथ खोजिन्छ । तर, हामीले दुध, चिनीसहित तयार गर्ने चिया कति स्वस्थ्यकर होला ?

    चिया हाम्रै घर–आँगनको उत्पादन हो । हामीकहाँ थरीथरीका चिया उत्पादन हुन्छन् । त्यसमध्ये धेरैजसो विदेश निर्यात हुन्छ भने बाँकी स्वदेशमै खपत हुन्छ । स्वदेशमा खपत हुने चिया तुलनात्मक रुपमा सस्तो र कमसल हुनेगर्छ ।

    अतः उक्त चियालाई दुध र चिनी मिसाएर सेवन गर्दा त्यसले शरीरलाई लाभ मिल्दैन, खासगरी पेटसम्बन्धी समस्या भएकाहरुलाई ।

    कतिपयले दिनमा दुई÷तीन कप दुध चिया पिउँछन् । उनीहरुले आफ्नो स्वास्थ्यमा कुनै खराबी भएको पाउँदैनन् । तर, सबैको हकमा त्यस्तो हुँदैन । आफ्नो शरीर वा चिया पिउने बानी अनुसार पनि चियाले असर गर्न सक्छ । बिहान खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउनु उचित हुँदैन । यसले अनेकन स्वास्थ्य समस्या निम्त्याउँछ ।

    पेट फुल्ने

    चियामा धेरै मात्रामा क्याफिन हुन्छ । दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ । खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ ।

    पोषक तत्वको कमी

    चियामा रहेको दुधले शरीरमा पोषक तत्वको अवशोषणमा बाधा पु¥याउँछ । जसले शरीरमा आइरन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।

    निद्रा नलाग्ने र तनाव बढ्ने

    चियाको अधिक सेवन शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि हानीकारक हुन्छ ।

    क्याफिनको कारण निन्द्रा आउँदैन जुन तनाव बढ्ने मुख्य कारण हुन्छ । यसैले धेरै चिया पिउनाले एन्जाइटी तनाव बेचैनी र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ ।

    चियाको लत लाग्ने

    चियामा क्याफिन हुन्छ जो लतको कारण हुन्छ । दैनिक २–३ कप चिया पिउनुहुन्छ भने तपाई चियाको एडिक्ट हुन सक्नुहुन्छ । यस्तोमा चियाको तलतल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र तनाव महसुस हुन्छ ।

    डिहाइड्रेसन

    चियाको कारण डिहाइड्रेसनको समस्या पैदा हुन्छ । चियामा हुने क्याफिनले शरीरबाट पानीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डिहाइड्रेशनको शिकार बनाइदिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij