प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७
बर्षात ओली, दाङ। दाङमा आइतबार थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कोरोना पिसिआर परिक्षणमा दाङका ४ वटा स्थानीय तहका ९ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।
प्रतिष्ठानका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २ जना, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १,१ जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १ जना, वडा नम्बर १५ का १ जना र वडा नम्बर १६ का ३ जना रहेका छन। यी ९ जना सँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । यहाँ देखिएका संक्रमित सबैजना भारतबाट केही दिन पहिले मात्रै मात्र आएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij