मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राजविराजमा पिसीआर विधिद्वारा परीक्षण शुरु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २५, २०७७



  • सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ । पिसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पिसीआर मेसिन जडानकार्य गरेपछि स्वाब परीक्षण शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । पहिलोपटक राजविराज नगरपालिका–१ स्थित राजदेवी माविको क्वारेन्टिनमा रहेको २२ जनाको स्वाब परीक्षण गरिएको छ । सङ्कलित स्वाब परीक्षणको प्रक्रियामा राखिएकाले आजै रिपोर्ट आउने उनले जानकारी दिए ।

    यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण हुने गरेको थियो । धरानबाट स्वाबको रिपोर्ट आउन पाँच दिनदेखि सात दिनसम्म लाग्ने गरेकामा राजविराजमै परीक्षण कार्य शुरु भएपछि सहज हुने भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगीसमेत गरी १० जनशक्ति परिचालित भएका छन् । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमा जडान गरिएको मेसिनमा एकपटकमा ९६ क्यासेट लाग्ने छ । एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको नमूना परीक्षण गर्दै क्रमशः बढाइँदै लगिने अस्पतालले जनाएको छ ।

    बाहिरको प्रयोगशालाबाट स्वाब रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेकामा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीव्रता आउने कोभिड–१९ व्यवस्थापन संयोजक डा.रणजितकुमार झाले बताए । सप्तरी जिल्लामा भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, बिहारलगायतबाट आएका एक हजार ८०२ जनालाई हाल सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

    यसअघि धरान र विराटनगर पठाइएको ३७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी छ । सप्तरीका सङ्क्रमित ७७ मध्ये ७६ राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा राखिएको छ । एक सङ्क्रमित डिस्चार्ज भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij