मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घरमै कोरोना टेस्ट, २० मिनेटमै रिपोर्ट !

  • प्रकाशित मिति : आइतवार, साउन ४, २०७७



  • काठमाडौं। कोरोनाभाइरस भ्याक्स्नि विकासमा सुरुवाती २ चरण पार गरिसकेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । अक्सफोर्ड विश्वविद्यालयले बेलायतका प्रमुख फार्मा कम्पनीसँग मिलेर ‘गेम चेन्जिङ’ एन्टिबडी टेस्ट किट तयार गरेको छ । यो टेस्ट किटले प्रमुख ट्रायलमा सफलता हात पारेको छ । यो टेस्ट किटबाट निकै कम समयमा ठूलो संख्यामा संक्रमणको परीक्षण गर्न सकिनेछ ।

    यो टेस्ट किटबाट परीक्षण गर्नको लागि प्रयोगशालाको आवश्यकता पर्ने छैन । ब्रिटिश टेलिग्राफको रिपोर्ट अनुसार अक्सफोर्डले विकसित गरेको यो एन्टिबडी टेस्ट किट एबीसी १० लेटेरल फ्लो टेस्टलाई बेलायत सरकारको समर्थन प्राप्त छ । अब बेलायत सरकारले यो टेस्ट किट ठूलो संख्यामा उत्पादन गरेर गर्भ परीक्षण टेस्ट किटजस्तै वितरण गर्ने योजना बनाइरहेको छ ।

    यो नयाँ टेस्ट किटबाट मानिसहरु घरमै टेस्ट गर्न सक्नेछन् । ट्रायलको क्रममा यो टेस्ट किटले ९८.६ प्रतिशत सही नतिजा दिने पाइएको छ । यसको ट्रायल करिब ३ सय जनामा गरिएको थियो । यो टेस्ट किटबाट केवल २० मिनेटमै कहिल्यै कोरोना संक्रमण भएको वा नभएको थाहा हुन्छ । यसअघि बेलायतमा भइरहेका एन्टिबडी टेस्ट किटमा रगतको नमुना प्रयोगशालामा पठाउनुपर्ने थियो ।

    अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सर जोन बेलका अनुसार यो र्यापिड डेस्ट निकै प्रभावकारी देखिएको छ । अर्कोतर्फ यसको परीक्षणभन्दा पहिल्यै यो प्रभावकारी हुने विश्वासका साथ लाखौंको संख्यामा यसको उत्पादन समेत गरिसकिएको छ । अब केही दिनमै यो टेस्ट किटले औपचारिक अनुमति पाएर बजारमा आउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij