प्रकाशित मिति : मङ्लबार, साउन २०, २०७७
काठमाडौं । नेपालमा मंगलबार २५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २१ हजार ९ संख्या पुगेको छ। जसमध्ये १५ हजार २६ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६५ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ। यस्तै १० हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट हालसम्म ५८ जनाको मृत्यु भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij