आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धरानमा कोरोनाको उपचार गराईरहेका २२ वर्षीय युवकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०७७



  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोाईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ ।

    सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

    मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराइरहेको ती युवकलाई बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ । यो समेत नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार हिजोसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij