आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा १० जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७



  • पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले आज(शनिबार) १० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

    पोखरा–५ का ३९ वर्षीय पुरुष, पोखरा – ८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी तनहुँका २ जना, बागलुङका २ जना, गोरखा , स्याङजा र नवलपुरका १–१ जना गरि १० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

    संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

    त्यस्तै यता, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई नर्समा कोरोना पोजेटिभ देखिएको छ ।

    प्रतिष्ठानको एमआईसीयूमा कार्यरत २ जना नर्समा कोरोना देखिएको हो ।

    उनीहरुको प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानका मेडिसिन विभिाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।

    यस अगाडी प्रतिष्ठानकै दुई जना डाक्टरमा समेत कोरोना देखिए पछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना गरीएको डाक्टर शर्माले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij