मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपचाररत् कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७



  • लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु भएको छ। विगत ३ दिनदेखि अस्पतालमा उपचाररत् मायादेवी गाउँपालिका वडा नं. ७ कपिलवस्तुका ४० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

    अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले कोरोनाको आशंकामा तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका पुरूषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।

    अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गराइरहेका उनको तीनपटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको डा. थापाले जानकारी दिए।

    पिसिआर मेसिनबाट दुई पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती पुरूषको शनिबार बिहान जीन एक्सपर्ट मेसिनमार्फत् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. थापाले जानकारी दिए।

    योसँगै प्रदेश ५ मा हालसम्म कोरोना संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ। जसमध्ये बाँके र अर्घाखांँची र गुल्मीका ३/३ जना, कपिलवस्तु र दाङका २/२ जना तथा पाल्पा, रोल्पा र रुपन्देहीका १/१ जना छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij